तनहुँको घाँसीकुवामा पहिरो हटाउने तयारी

तनहुँको घाँसीकुवामा पहिरो हटाउने तयारी


  • जन संचार
  • बिहिबार, ६ भाद्र २०८१
  • 2.8K
    Shares

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे खसेको भीषण पहिरा आज बिहानबाट मात्रै पन्छाइने भएको छ । पहिरा ठूलो रहेको र थप जोखिम रहेकाले बिहानबाट मात्रै पहिरा हटाउने काम हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थप पहिरा खस्ने सम्भावना रहेकाले सुरक्षाका कारण राति काम नगरी बिहानबाट मात्र काम हुने प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । उनले भने, “पहिरा पन्छाउन समय लाग्छ । रातिको समयमा काम गर्दा जोखिम भएकाले आज बिहानबाट काम हुन्छ ।”

सडकभन्दा माथिबाट डाँडै खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सडकमाथिबाट खसेको पहिरा सडकमुनि रहेको बुल्दीखोलासम्म पुगेको छ ।

पृथ्वीराजमार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको रायले बताए । साना सवारी साधनलाई दमौलीबाट तालघरे हुँदै रानीगाउँ निस्कन तथा घॉसीकुवाबाट रानीगाउँ तालघरे हुँदै दमौलीतर्फ आउन सकिने गरी सूचना प्रवाह गरेका छौ । ठूला सवारी साधनलाई भने लमजुङ हुँदै तनहुँको डुम्रेतर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

पाेखरा खण्ड अन्तरगत घाँसीकुवाकाे पहिराे हटाउन अझै शुरू गरिएकाे छैन, ठुलाे पहिराे भएकाेले निर्माण कम्पनीले ईन्सुरेन्सलाइ देखाएपछि मात्र शुरु गरिने बुझिएकाे छ ।
सानाे तथा मझाैला सवारी साधनले मात्र बैकल्पिक सडककाे प्रयाेग गर्न सकिने ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा बुधबार सॉझ ५ बजे पहिरो जॉदा राजमार्ग अवरुद्ध भएको छ ।

घॉसीकुवाको सडकमाथिबाट डॉडै खस्दा उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । पहिरो हटाएर राजमार्ग पुन: सुचारु गराउन समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले उक्त खण्डको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने बताए । उनका अनुसार दमौलीबाट तालघरे, रानीगाउँ निस्कन सकिन्छ भने घॉसीकुवाबाट रानीगाउँ तालघरे हुँदै दमौलीतर्फ आउन सकिन्छ ।

प्रतिक्रिया