राष्ट्रघाती सुगौली सन्धी भएको २०१ वर्ष पुगेको छ । नेपाल–अङ्ग्रेज युद्ध अन्त्य भएको २०१ वर्ष पुरा भएको छ । अङ्ग्रेजसितको लडाईमा नेपालले हार बेहोर्न परेपछि सन् १८१६ मार्च ४ मा सुगौली सन्धी भएको थियो । सुगौली सन्धीका कारण नेपालले ६०,००० स्क्वाएर किलोमिटर जमीन गुमाउन पुग्यो ।
त्यही सुगौली सन्धिलाई भारतीय दुतावास अगाडी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गरेको कार्यक्रममा ग्रेटर नेपालका अध्यक्ष फरिन्द्र नेपालले सुगौली सन्धीलाई जलाए ।