पोखरा २७ मङसीर २०८० /
वीरेन्द्रनगरमा नक्कली पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतवाट प्रहरी हवल्दार टिकाराम आचार्यको कमाण्डमा खटिएको साधा पोशाकको प्रहरी टोलिले वीरेन्द्रनगर वजारका विभिन्न ठाउमा नक्कली पेस्तोल देखाई चोरीमा संलग्न दैलेख भगवतीमाई गाउँपालिका वडा नं ८ घर भई हाल सुर्खेत वस्दै आएका निश्चल चन्द लाई पक्राउ गरेको हो ।