एमाले गण्डकी प्रदेश समितिको नेत्रिवाका लागि यी हुन् आकांक्षीहरु

एमाले गण्डकी प्रदेश समितिको नेत्रिवाका लागि यी हुन् आकांक्षीहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ असोज २०८०
  • 2.6K
    Shares

नेकपा एमालेको गण्डकी प्रदेश समितिको नेतृत्वका लागि छ उम्मेदवारी दर्ता गराएका छन्। एमाले गण्डकीको अध्यक्ष पदका लागि केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, रामशरण बस्नेत र राजीव पहारीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष पदका उम्मेदवारी पर्दा लमजुङ र कास्कीका दुई-दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको कास्की जिल्ला कमिटि अध्यक्ष भएर काम गरी सकेका र गण्डकी प्रदेश सभा सदस्य तथा तात्कालिन पोखरा महानगरपालिकाको मेयर पदमा बिजयी भै कुशल जनप्रतिनिधिको पहिचान बनाएका पोखरा १६ बाटुलेचौर निवासी हाल नेकपा एमाले पोखरा महानगर कमिटि इन्चार्ज कृष्ण थापाले एमाले गण्डकी प्रदेश कमिटिको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

बिद्यार्थी राजनीति हुँदै युवा संघ नेपालको अध्यक्ष हुँदै एमालेको केन्दीय कमिटि सदस्य बनेका पोखरा ६ लेकसाइड निवासी राजीव पहारी पनि एमाले गण्डकीको अध्यक्ष पदका प्रत्यासी हुन्।

लमजुङ जिल्ला निवासी एमाले केन्द्रीय सदस्यद्वय धनन्जय दवाडी र मायानाथ अधिकारी अधिकारीले पनि एमाले गण्डकी प्रदेश कमिटिको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। गण्डकी प्रदेश सभा सदस्य भएर काम गरेको अनुभव सम्हालेका अधिकारी

केन्द्रीय सदस्य मायानाथ अधिकारीले लमजुङको दोर्दी गाउँपालिका, थापा र पहारीले कास्कीको पोखरा महानगरपालिका, बस्नेतले गोरखा नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । लमजुङका अधिकारी यसअघि गण्डकी प्रदेश सभा सदस्य थिए । गत निर्वाचनमा बस्नेत गोरखाबाट प्रतिनिधि सभा र पहारी कास्कीबाट प्रदेश सभा निर्वाचनमा पराजित भएका हुन् ।

कृष्ण थापा गत पोखरा महानगरपालिकाको प्रमुखमा पराजित भएका थिए । उम्मेदवारी दिएका चारै जना केन्द्रीय सदस्य प्रदेश अधिवेशन प्रतिनिधिका लािग सर्वसम्मत भने भएका छैन । सर्वसम्मतका लागि प्रयास भइरहेको एमाले प्रदेश प्रचार प्रसार उपसमितिले जनाएको छ ।

अहिलेका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मि आचार्य तथा मञ्जु अधिकारीले पनि आआफ्नो पालिकाबाट प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । प्रदेशको अबको अधिवेशनबाट पदाधिकारी तथा सदस्य बन्न पहिला पालिकाहरुबाट प्रतिनिधि बन्नुपर्ने एमालेको प्रावधान छ ।

ADVERTISEMENT

अधिवेशनका लागि प्रदेशभरका सबै स्थानीय तहबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएका छन् । केही स्थानीय तहमा सर्वसम्मत भएको र धेरै स्थानीय तहमा सर्वसम्मतको प्रयास जारी रहेको प्रदेश प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले बताए । प्रदेशभरबाट ८ सय हारहारी प्रतिनिधि चयन हुने आचार्यले उल्लेख गरे ।

अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ४ जना केन्द्रीय सदस्यलाई प्रदेश कमिटी अध्यक्षको आकांक्षीका रुपमा पनि हेरिएको छ । एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुने व्यवस्था छ । त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य प्रदेश अध्यक्षको उम्मेदवार बनेको उनीहरु स्वत पदमुक्त हुनेछन् ।

विधानको धारा ६७ को (४) मा यो व्यवस्था छ । ‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ उक्त धारामा लेखिएको छ । सोहीअनुसार यी जोकोही उम्मेदवार बन्छ, उसको केन्द्रीय सदस्यको पद रिक्त हुनेछ ।

हालका अध्यक्ष नवराज शर्मा दोहोरिन चाहेका छन् । शर्माले केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफू अध्यक्ष बन्न चाहेको बताएका थिए । शर्मासँगै हालका सचिव धनञ्जय दवाडी अध्यक्षका बलिया दाबेदार हुन् । उपाध्यक्ष मोहन रेग्मीले पनि दाबी नै गरेका छन् । युवा भएको सेन्टिमेन्टसहित उपसचिव रश्मि आचार्य पनि अध्यक्षको दौडमा छन् ।

पोखराको अमरसिंह चौरमा असोज १५ गते हुने उद्घाटन सत्रमा ५० हजारको संख्यामा कार्यकर्ता उतार्ने एमाले प्रदेश कमिटीको लक्ष्य छ । बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ । हाल प्रदेश कमिटी ५ सय ५९ जनाको छ । अब १ सय ६५ जनाको कमिटी बन्नेछ ।

प्रतिक्रिया