एकातिर संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुने काठमाण्डौमा शुक्रबार बसेको मधेसी मोर्चासहितको संघीय गठबन्धन बैठकले स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको बताएको छ । अर्कातिर नेपालका लागि भारतीय राजदूत रणजीत रायले आफ्नो देश फिर्ताको तयारी गरिरहँदा जाँदजाँदै नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् ।
अहिलेको अबस्थामा मधेशी मोर्चासहित्का गठबन्धन पहिले संबिधान संशोधन चाहन्छ, संसदमा एकतिहाई भन्दा बढी मत रहेका र संशोधन प्रस्ताब फेल गराउन सक्ने नेकपा (एमाले) राप्रपा लगायतका बिपक्षी दलहरु संबिधान संशोधनभन्दा पहिला चुनाब चाहन्छन l स्थानीय तह चुनाबको तयारीलाई तिब्र पारेको निर्बाचन आयोगले तुरुन्त राज्य पुनर्संरचना आयोगको प्रतिबेदन मागिरहेको छ l उसले राज्यको पुनर्संरचना आयोगको प्रतिबेदन बिना चुनाब असम्भब रहेको बताउंदै सो प्रतिबेदन तुरुन नपाउने हो भने निर्धारित समयमा स्थानीय तहको चुनाब असम्भब रहेको स्पस्ट पारेको छ l
यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए
साथै सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय लिने बताएको छ ।
संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा शुक्रबार बसेको बैठकले संविधान संशोधन विना वैशाख ३१ मा चुनाव घोषणा भएको भन्दै अमान्य हुने बताएको छ । साथै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती छन् ।
समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय
संघीय गठवन्धनमा आवद्ध मधेसी मोर्चासहितका दलले सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकले निर्णय गर्ने भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमति भएको गठवन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिए ।
याँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको ८/१० दिनभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने हो भने उपेन्द्र यादवसहित मधेसी मोर्चालाई चुनावमा ल्याउने जिम्मा आफूले लिने दाबी गरेका छन् ।
‘संविधान संशोधन भयो भने उहाँहरु चुनावमा भाग लिनुहुन्छ, यसको जिम्मा म लिन्छु’ डा. भट्टराईले अनलाइनखबरसँगको अन्तरवार्तामा भने-‘संविधान संशोधन भएपछि उपेन्द्र यादवजी लगायतका आन्दोलनरत शक्तिहरु निर्वाचनमा आउनुहुन्छ । यसको ग्यारेन्टी म लिन्छु ।’
उपेन्द्र यादवसँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा आलोचनाको शिकार बनिरहेका भट्टराईलाई अन्तरवार्ताका लागि बबरमहलस्थित कार्यालयमा पुग्दा डा. भट्टराई उपेन्द्र यादवसँगै ‘गोप्य’ गफ गरिरहेका थिए । अन्तरवार्ताका क्रममा उनले आफू दूरदर्शी रहेको र पहाड र मधेसलाई जोड्न खोजेको दाबी समेत गरे ।
जाँदाजाँदै भारतीय राजदूतले भने-चुनावमा सबैको सहभागिता होस्
नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् ।
यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजदुत रायले भने, ‘चुनावले प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ । त्यसैले नेपालमा हुन लागेको चुनावको विपक्षमा हामी छैनौ । तर, यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’
पत्रकारले एक प्रश्नमा राजदूत रायले भने, ‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’
सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन प्रयास गरिरहेको भन्दै उनले प्रशंसा गरे । उनले भने, ‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ । यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ ।’
भारतीय राजदूत रायले नेपाल-भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्दित गर्नुपर्ने धारणा राखे । उनले आफ्नो कार्यकालमा नेपाल-भारत द्धिपक्षीय प्रोजेक्टहरु कार्यान्वयनका लागि पहल गरेको बताए । केही समस्याहरु पैदा हुनु स्वभाविक भएको भन्दै राजदूत रायले भने, ‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ ।’