नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिव ११ लाख रुपैयाँ ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोटका नेत्रबहादुर शाही, गोरखाका विकास गुरुङ र कालिकोटका सतल महतरा छन् उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो।
उनीहरुले नेपाल प्रहरी प्रधान कार्यालयको नक्कली लेटरहेड र भ्याकेन्सी बनाएर विभिन्न युवाहरुसँग रकम असुलेका प्रहरीले जनाएको छ । शाहीले आफू नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बम हुँ भन्दै जागिर पक्का भनेर युवाहरुसँग रकम असुल गरेका थिए । उनीहरुले इन्सपेक्टरमा जागिर लगाइदिए वापत ७ लाख र असइमा लागइदिए वापत ५ लाख रुपैयाँ लिएका थिए ।