जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु, आफन्तद्वारा निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु, आफन्तद्वारा निष्पक्ष छानबिनको माग


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.5K
    Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवाको मृत्यु

पोखरा३१ जेठ २०८३।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षमा रहेका एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्सको बिहीबार बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार बक्सलाई बिहान करिब ४ः३० बजे थुनुवा कक्षमा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको भए पनि अस्पतालले बिहान ५ः३२ बजे मृत घोषणा गरेको उनले बताए।

प्रहरीका अनुसार बक्स चोरी मुद्दामा जेठ २७ गते पक्राउ परेका थिए। उनीमाथि अनुसन्धानका लागि बुधबार मात्रै म्याद थप गरिएको थियो।

घटनापछि मृतकका आफन्तले हिरासतभित्र भएको मृत्युप्रति गम्भीर शंका व्यक्त गरेका छन्। पक्राउ गर्दाको अवस्थामा कुनै स्वास्थ्य समस्या नरहेको दाबी गर्दै उनीहरूले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

यता प्रहरीले भने मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्ने जनाएको छ। डीएसपी बोहराले घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण सार्वजनिक गरिने बताए।

मृत्युको कारणबारे विभिन्न आशंका उब्जिए पनि हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए। 

बोहराका अनुसार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो।

अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले बक्सलाई मृत घोषणा गरेका थिए। प्रहरीले गत बुधवार चोरी मुद्दामा बक्सलाई पक्राउ गरको थियो।

प्रतिक्रिया