चितवन, ९ असार २०८३।
गृहमन्त्री सुधन गुरुङको खानामा माछाको काँडा भेटिएपछि प्रहरीले दुई जना भान्छे (कुक) लाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनमा रहेका गृहमन्त्री गुरुङले विमानस्थल अगाडिको एक होटलमा अम्लेट खाएका थिए। सोही अम्लेटमा माछाको काँडा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार घटनाको यथार्थ बुझ्न र सोधपुछका लागि ती दुई भान्छेलाई नियन्त्रणमा लिइएको हो। अम्लेटजस्तो परिकारमा कसरी माछाको काँडा मिसिन पुग्यो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।