बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना झापामा समातिए

बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना झापामा समातिए


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ३० जेष्ठ २०८३
  • 2.2K
    Shares

पोखरा३० जेठ २०८३।

बिजुलीको पोलमा बाँधेर एक युवतीलाई कालोमोसो दल्ने चार जना झापामा समातिएका छन्। झापाको बिर्तामोड–२ चारपाने चोकमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिर्तामोड–२ चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई शुक्रबार साँझ करिब ६:३० बजे बिजुलीको पोलमा हात बाँधेर कालोमोसो दलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेत रहेका छन्।उनीहरूको साथबाट कालो मोबिलको बट्टा र १६ वटा पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले पुरानो रिसिइबीको कारण देखाउँदै सविनालाई बिजुलीको पोलमा हात बाँधेर कालोमोसो दलेको फोटो तथा भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी दिएपछि प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उ

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ। पीडित सबिना राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ झापाको बिर्तामोड–२ चारपाने चोकमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्। हरीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइबीका कारण केही व्यक्तिले सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए। घटनाका क्रममा उनको हात बिजुलीको पोलमा बाँधेर कालोमोसो दलिएको आरोप छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेमा कन्काई–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पुजा बस्नेत रहेका छन्।

प्रतिक्रिया