फेवातालमा डुबेर बेपत्ता पोखराका युवा मृत भेटिए

फेवातालमा डुबेर बेपत्ता पोखराका युवा मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, ९ असार २०८३
  • 2.1K
    Shares

पोखरा, ९ असार २०८३।

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवा मृत भेटिएका छन।

फेवातालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री मंगलबार राती मृत भेटिएका हुन्।

पौडी खेल्ने क्रममा साँझ ७ बजे फेवातालमा बेपत्ता भएका थापालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार साँझ ९ः१० बजे मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

थापा फेवातालामा बेपत्ता भएको खबर पाउनासाथ् सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोर सहितको टोली परिचालन भएको थियो। खोजीकार्यको लागी खटिएको टोलीले फेवातालको करीब २५ फिट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया