इरानविरुद्ध सैन्य कारबाहीमा ट्रम्पलाई धक्का : अमेरिकी सिनेटबाट इरानविरुद्ध सैन्य कारबाही रोक्ने प्रस्ताब पारित

इरानविरुद्ध सैन्य कारबाहीमा ट्रम्पलाई धक्का : अमेरिकी सिनेटबाट इरानविरुद्ध सैन्य कारबाही रोक्ने प्रस्ताब पारित


  • एजेन्सीहरु
  • बुधबार, १० असार २०८३
  • 7.2K
    Shares

डोनाल्ड ट्रम्प

काठमाण्डौ, १० असार २०८३।

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य कारबाही रोक्न वा अगाडि बढाउनुअघि कंग्रेसको स्वीकृति लिनुपर्ने प्रस्ताव पारित गरेको छ।

ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा यो प्रस्ताव पारित हुनुलाई उनको लागि ठूलो धक्का मानिएको छ।

मंगलबार भएको मतदानमा ५०-४८ को मतसहित यो प्रस्ताव पारित भयो, जसमा केही रिपब्लिकन सांसदले डेमोक्र्याटहरूलाई साथ दिएका थिए।

इरानसँगको युद्धलाई लिएर दुवै दलमा बढ्दो आक्रोशका कारण यस्तो नतिजा आएको हो। यसअघि जुन महिनामा प्रतिनिधि सभाले पनि यो प्रस्ताव पारित गरिसकेको छ।

यो प्रस्ताव प्रतीकात्मक मात्र भएकाले यसको कानुनी रूपमा कुनै बाध्यकारी प्रभाव छैन। तर, १९७३ को युद्ध शक्ति प्रस्तावपछि कांग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही रोक्न निर्देशन दिएको यो पहिलो पटक हो। यसले ह्वाइट हाउसमाथि दबाब बढाएको छ।

प्रतिक्रिया