त्रिशुली नदीमा भेटियो पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारीको शव

त्रिशुली नदीमा भेटियो पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारीको शव


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 2.1K
    Shares

पोखरा,६ असार २०८३।

नेपालका पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत फेला परेका छन् । काठमाडौँको सरस्वती नगर बस्ने ५९ वर्षीय अधिकारी घरबाट निस्किएको ३ दिनपछि त्रिशुली नदी (नारायणी नदी क्षेत्र) मा मृत अवस्थामा फेला परेका हुन्।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका हुन्। श्रेष्ठका अनुसार घरबाट निस्किएको तीन दिनपछि उनको शव त्रिशुली नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो।

यसअघि जेठ २६ गतेदेखि काठमाडौँबाट सम्पर्कविहीन भएका अधिकारीको खल्तीमा रहेको सेवानिवृत्त कर्मचारीको परिचयपत्रका आधारमा प्रहरीले पहिचान गरेको थियो। पछि उनका आफन्त (ज्वाइँ) ले शवको सनाखत गरेका हुन्।

नदीमा बगिरहेको अवस्थामा भेटिएको शवलाई मुचुल्कापश्चात् पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको चितवन प्रहरीले जनाएको छ। अधिकारी नेपालको महालेखा परीक्षकको कार्यालयमा लामो समय उप-महालेखा परीक्षक रही कार्यवाहक महालेखा परीक्षकको जिम्मेवारी समेत सम्हालेका उच्च पदस्थ पूर्वकर्मचारी हुन्। उनी के कारणले र कसरी नदीमा पुगे भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया