झापामा ट्रिपरको ठक्करबाट भुटानी शरणार्थी वृद्धको मृत्यु

झापामा ट्रिपरको ठक्करबाट भुटानी शरणार्थी वृद्धको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, ९ असार २०८३
  • 1.6K
    Shares

tripper ट्रिपर दुर्घटना

पोखरा, ९ असार २०८३।

झापाको दमकमा टिपरको ठक्करबाट एक भुटानी शरणार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर ए२ हट नम्बर २८५ बस्ने ८३ वर्षीय इन्द्रबहादुर भट्टराई रहेका छन् । आज दिउँसो १ः१० बजे दमक ३ बेलडागी बाङ्गे चोकस्थित भित्री पक्की सडक खण्डमा ताराबारीबाट दुधेतर्फ जाँदै गरेको मे १ क ८७९ न.को मिक्स्चर मेसिन टिपरले साइकल यात्री भट्टराईलाई ठक्कर दिएको थियो । टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि दमक अस्पताल दमक लगिएको थियो । उपचारका क्रममा दिउँसो २;१५ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मिक्स्चर टिपर चालक संखुवासभा चिचिला २ बस्ने बर्ष ४६ का डम्बरबहादुर गुरुङलाई टिपरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । तीब्र गतिका कारण टिपरले ठक्कर दिएको जनाइएको छ ।

प्रतिक्रिया