लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ माघ २०७३
  • 9.1K
    Shares

रुपन्देही, २४ माघ ।

रुपन्देहीको बुटवलबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीको मैनहिया–३ का २४ वर्षका बैजनाथ बिक र काठमाडौं–३२ का ३४ वर्षका कविन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बुटवल–६ मा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले डाइजोपाम, फेनारगन र नुफिनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया