इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्याको प्रयास गरेका छन्।
तामाका तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका रुद्रबहादुर नेपालीले आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले दिएको जानकारी अनुसार, शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेपालीले आत्महत्याको प्रयास गरेको भए पनि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।
बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिवार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
बस्ती बिकास कार्यबिधि