लाहानका लाइसेन्स अधिकृतमाथि विप्लव माओवादीले दल्यो कालोमोसो

लाहानका लाइसेन्स अधिकृतमाथि विप्लव माओवादीले दल्यो कालोमोसो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ माघ २०७३
  • 10.5K
    Shares

काठमाडौं, ४ माघ ।

नेकपा (माओवादी) ले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि कालोमोसो दलेको छ ।

लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको लगाएतका आरोप लगाउदै विप्लव माओवादी सिराहाले खनाललाई कालोमोसो दलेको हो ।

यस्तै २५ हजारका दरले पैसा खाएर ७५ बढी ट्रयाक्टरहरुको लाइसेन्स बनाएको तथा पदको दुरुपयोग गरि लाइसेन्स वितरणमा लाखौं भ्रष्टाचार गरेकोले आफ्नो पार्टीले खनालमाथि जानकारी गरेको नेकपा माओवादीले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया