पोखरीमा माछालाई चारो हाल्न गएका आमासहित दुई छोरीको पोखरी भित्र शव फेला

पोखरीमा माछालाई चारो हाल्न गएका आमासहित दुई छोरीको पोखरी भित्र शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०७७
  • 2.9K
    Shares

पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको ढकालको भनाइ छ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

प्रतिक्रिया