चिकित्सकहरुको आन्दोलन जारी :आज पनि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

चिकित्सकहरुको आन्दोलन जारी :आज पनि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १३ साउन २०८३
  • 969
    Shares

doctor's protest

काठमाडौँ, १३ साउन २०८३।

नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही नभएको विरोधमा आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

सङ्घको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले बुधबारदेखि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको थियो।

सङ्घका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरिएको छ। साथै, न्यायको माग गर्दै पुगेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाउँदै सङ्घले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौँ उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, उपत्यकाबाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको सङ्घले जनाएको छ।

प्रतिक्रिया