नापी सर्वेक्षक साहविरुद्ध आरोपपत्र दायर

नापी सर्वेक्षक साहविरुद्ध आरोपपत्र दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 9.9K
    Shares

काठमाडौँ, १४ पुस ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर कायम गरी हाल साविक गर्ने प्रयोजनका लागि घुस माग्ने नापी सर्वेक्षक गङ्गाप्रसाद साहविरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक साहले सेवाग्राहीसँग विभिन्न बहानामा रु १५ हजार घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया