हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ भाद्र २०८३
  • 665
    Shares

upasana paudel , हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल

काठमाडौं , १२ भदौ २०८३।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी ३९ वर्षीया पौडेललाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पौडेललाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। उनीमाथि बीमा ऐनविपरीतको कार्य गरेको आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ।

सीआईबीले पक्राउपछि उनीमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा आरोपसँग सम्बन्धित थप तथ्य तथा प्रमाणहरू संकलन गरिने बताइएको छ।

पौडेलमाथि लागेको आरोपको अन्तिम पुष्टि भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाट हुने भएकाले हाल उनलाई आरोपितका रूपमा मात्र लिइएको छ।

प्रतिक्रिया