त्रिविको ४२ औं दिक्षान्त समारोह सम्पन्न

त्रिविको ४२ औं दिक्षान्त समारोह सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 7.7K
    Shares

काठमाडौँ, १४ पुस ।

त्रिभुवन विश्वविद्यालयको ४२ औं दिक्षान्त समारोह ललितपुरमा विशेष कार्यक्रम गरी सकिएको छ। समारोहबाट २०७२  जेठ १८ देखि असार १  गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका ९ हजार ७ सय ३४ विद्यार्थी दिक्षित भएका हुन्।

चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानकातर्फबाट उतीर्ण भएका झण्डै ८४ हजार बिद्यार्थी मध्ये समारोहमा सहभागी हुन आवेदन दिएका ९ हजार ७ सय ३४ विद्यार्थीलाई बिश्वविद्यालयले दिक्षित गरेको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले जानकारी दिए।

मध्यान्ह १२ बजे ललितपुरको पुल्चोकस्थित इन्जिनियङ्ग क्याम्पस प्राङ्गणमा आयोजना भएको समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले दिक्षित बिद्यार्थीहरुलाई सम्मान गरेका हुन्।

प्रतिक्रिया