पर्वतमा दुई लास फेला परे

पर्वतमा दुई लास फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 13.7K
    Shares

पर्बत जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा दुई जना मृत अबस्थामा फेला परेका छन् l प्रहरीले फेला पारेका शब्हरुमा धादिङ गजुरी वाड नं २ वस्ने वर्ष अन्दाजी ३५ को रामकुमार सुनारी मगर र म्याग्दीको हिस्ताङ ५ का गोपाल नेपालीको रहेको प्रहरीले जानकारी दिएको छ l

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, पर्बत जिल्लाको कुस्मा नगरपालिका वडा नं १२ दोबिल्लामा बुधबार साँझ धादिङ गजुरी वाड नं २ वस्ने वर्ष अन्दाजी ३५ को रामकुमार सुनारी मगर मृत अवस्थामा फेला परेका हुन । मृतक मगर सवारी चालक रहेको जनाइएको छ । शबलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

त्यसैगरी  हराएको ५ दिन पछि म्याग्दीको हिस्ताङ – ५ का गोपाल नेपाली बुधबार कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयबासीहरुको सुचनाका आधारमा मृत लाश बगिरहेको खबर पाएपछि पुगेको पर्वत प्रहरीको टोलीले बुधबार विहान ८ बजेको समयमा पर्वत धाईरिङ २ स्थित कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा लास फेला पारेको थियो । मृतक नेपाली पुस ९ गते देखि हराइरहेका थिए । ३८ बर्षिय नेपालीको शव पोष्टमार्टम पश्चात् परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया