“जुत्ताको माला पनि शोभनीय नहुनेलाई फूलकै माला किन भिराउँछन् मान्छेहरुले अाजभोलि ?” उनीहरूले सोधे ।
सामन्तकालीन चाकडी कै पराकाष्ठा भनेर बाटा लागें म । चाकरहरू सबै हिस्स परेर मलाई खाउँलाझैं गरि हेरिरहेका थिए । राज्यसत्ताका गलत दर्शन र बाटाहरूले विद्रोह निम्त्याइ रहने लागिरहेको थियो ।
घर अाएँ ।
एकाएक फूलप्रतिका घृणाभाव मडारिंदै थियो । टोल हेरें , समाज हेरें ।देश हेरें । अगुवाहरू हेरें । गलत कुराकै पछि थिए ती । उराठ लागेर अायो । समाजले माने-स्वीकारे पनि फरक विचारमाथि प्रतिवन्ध लगाइहाल्ने तन्त्रलाई लोकतन्त्र मान्न पनि सक्ने कुरा रहेन ।
समाज एकातिर अाफू एक्लै अर्कातिर हुने विषयमा पनि दिउँसो बहस शुरुभयो ।सहीगलत भन्नुभन्दा पनि भीड हेर्रेर निर्णय लिने चलन पशुजगतमा बढी देखिन्छ । पशुजगत मध्य पनि भेंडाहरूमा बढी देखिन्छ ।
आशाभरोसा केन्द्रहरू हेर्यो, उस्तै भेटिने । दुव्लाहरू मोटाउनु मात्रै पनि क्रान्ति थिएन । त्यसो त दिलैदेखि परिवर्तन रूचाउने र गर्ने तृष्णा प्रायधेरैमा खासै देखिन्न ।अग्लाहोंचै खोज्नेलाई पनि क्रान्ति चाहिन्न । हाँसका बीचमा बकुल्लैका नियति पनि कठिन रहेछ । स्वार्थीहरूका तैं चुप मैंचुप पनि हेर्नलायक थियो । अाफूलाई भने जितेजस्तै लागिरहेको थियो । एकाधलाई छानै नभएका गोठ बसेजस्तै पराकाष्ठा पीडा अरु भयङ्कर पीडा भएर बल्झिरहेको थियो । न हावा, न पानी , न ओत,न निकास…! बाटाभरि पनि काँढैकाँढाहरू तेर्सिरहेका थिए र पनि उन्मुक्तिका अनुभवले अाफूलाई भने हर्ष लागेथ्यो ।
पोखरा २०७६-११-२४