पोखरामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा १ को मृत्यु

पोखरामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा १ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ मंसिर २०७३
  • 14.1K
    Shares

पोखराको चाईनापुलमा आईतवार बिहान भएको दुर्घटनमा परी एक जनाले ज्यान गुमाएका छन् । ट्रकले मोटरसाईललाई ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको हो ।

 बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक पोखरा १५ खाल्टे मसिनाका १९ बर्षिय असिम गुरुङको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएको उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकलको पछाडि बसेका रोशन गुरुङ घाइते भएका छन् ।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया