बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । छिनेडाडा घर भएका १९ वर्षीया सुशीले केसीले हेम्जा बस्ने १२ वर्षीया बालिकालाई बुधबार बलात्कार गरेको अरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।
केसीले ती बालिकालाई हेम्जा जयबुद्ध पेट्राल पम्प नजिकै करणी गरेको प्रहरीले जनाएको छ । करणी गरेर भागेका केसीलाई कास्की प्रहरीले पोखार–१० बाट पक्राउ गरेको हो ।
‘करणी गरेको भनेर पीडित पक्षले उजुरी गरेका छन्,’ डिएसपी बज्रचार्यले भने, ‘सुशीललाई म्याद थप गरी अनुसन्धान अघि बढाएका छौ ।’ केसीले अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।