रास्वपाका पाँच जना निर्वाचित पदाधिकारीको मतपरिणाम सार्वजनिक

रास्वपाका पाँच जना निर्वाचित पदाधिकारीको मतपरिणाम सार्वजनिक


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १२ असार २०८३
  • 1.2K
    Shares

पोखरा, १२ असार २०८३।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ। नयाँ सार्वजनिक मत परिणाम अनुसार , पार्टी उपसभापतिमा सोबिता गौतम , महामन्त्रीमा बिपिन कुमार आचार्य र तीन जना सहमहामन्त्रीहरुमा हरि ढकाल, असिम शाह र निशा डांगी निर्वाचित भएका छन्का।

उपसभापति गौतमले सात सय ८९ मत प्राप्त गरेकी छिन्। उनको निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले पाँचसय ७२ मत प्राप्त गरेकी छिन् ।

महामन्त्रीमा निर्वाचित विपिनकुमार आचार्य छसय ७३ मत पाउँदा उनका प्रतिद्वन्द्वी मनिष झले तीनसय २४ मत पाएका छन् ।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । शाहले चारसय ७१ र ढकालले चारसय १० मत प्राप्त गरे।

महिला सहमहामन्त्रीमा निर्वाचित भएकी निशा डाँगीले सातसय ३७ मत प्राप्त गरिन्। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार