जेठी श्रीमतीको हत्या मुद्दामा जेल बसेर छुटे लगत्तै फेरि कान्छी श्रीमतीको हत्या आरोपमा पक्राउ

जेठी श्रीमतीको हत्या मुद्दामा जेल बसेर छुटे लगत्तै फेरि कान्छी श्रीमतीको हत्या आरोपमा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, ११ असार २०८३
  • 855
    Shares

wifves दुई वटा श्रीमतेको हत्या आरोपी

पोखरा, ११ असार २०८३।

जेठी श्रीमतीको हत्या मुद्दामा जेल सजाय भोगेर रिहा भएका एक व्यक्ति फेरि आफ्नी कान्छी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यामबहादुर कुमालमाथि उनकी ३७ वर्षीया श्रीमती मुना कुमालको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। सोही क्रममा यामबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा मुनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यामबहादुर यसअघि पनि जेठी श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। कैद मिनाहापछि रिहा भएका उनी फेरि उस्तै प्रकृतिको गम्भीर आरोपमा पक्राउ परेपछि स्थानीयवासी स्तब्ध बनेका छन्।

घटनापछि परिवारका चार सन्तानको भविष्यप्रति चिन्ता बढेको छ। लगातार दुई आमाको मृत्यु भएपछि उनीहरूको पालनपोषण तथा भविष्य अन्योलमा परेको भन्दै स्थानीय समुदायले गहिरो चासो व्यक्त गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै स्थानीयवासीले घरेलु हिंसा तथा मदिरा दुर्व्यसन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया