पोखरा, १३ असार २०८३।
पोखराको रङ्गशाला गेटबाट अबैध लागू औषधसहित एक युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार तथा लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको टोलीले सोमबार साँझ करिब ६ बजे पोखरा महानगरपालिका–१० स्थित रंगशाला गेटबाट अबैध लागू औषधसहित एक युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११ रामघाट निवासी ३२ वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले उनको साथबाट फेनेरागन २९ एम्पुल, डाइजापाम २९ एम्पुल र नुरफिन १८ एम्पुल गरी जम्मा ६८ एम्पुल लागूऔषध बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका नेपालीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।