पोखरा, १० असार २०८३।
फेवातालमा डुबेर फेरि आज अर्का युवकको मृत्यु भएको छ।
फेवातालमा माछा मार्ने क्रममा तालमा डुबेका पोखरा महानगरपालिका–९ नयाँबजार निवासी ३४ वर्षीय शंकर नेपालीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः३० बजे फेवातालमा डुबेर बेपत्ता भएका नेपालीलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले करिब ६ बजे अचेत अवस्थामा उद्धार गरेको थियो। फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएको टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। अस्पतालमा चिकित्सकले परीक्षणका क्रममा नेपालीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उस्मरणीय छ, फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार राति पनि एक युवकको मृत्यु भएको थियो। लगातार दुई दिनभित्र तालमा डुबेर दुई जनाको ज्यान गएपछि सुरक्षा सतर्कताबारे पुनः चासो बढेको छ।