रास्वपा महाधिवेशन: कर्णाली केन्द्रीय सदस्यको नतिजामा विवाद, उम्मेदवार थापाको आपत्ति

रास्वपा महाधिवेशन: कर्णाली केन्द्रीय सदस्यको नतिजामा विवाद, उम्मेदवार थापाको आपत्ति


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १२ असार २०८३
  • 1.1K
    Shares

चितवन, १२ असार २०८३।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य चयनको अन्तिम मतपरिणामलाई लिएर विवाद उत्पन्न भएको छ।

बिहीबार साँझ सार्वजनिक प्रारम्भिक मतपरिणाममा सुर्खेतकी गोमा थापा निर्वाचित भएको देखिएपछि उनलाई बधाईसमेत दिइएको थियो। तर शुक्रबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा उनको स्थानमा प्रकाश न्यौपाने निर्वाचित घोषित भएका छन्।

गोमा थापाले प्रवासतर्फको मत जोड्ने क्रममा अपारदर्शी ढंगले नतिजा परिवर्तन गरिएको आरोप लगाउँदै आफ्नो मत विवरणसमेत सार्वजनिक नगरिएको गुनासो गरेकी छन्।

रास्वपा निर्वाचन आयोगका अनुसार प्रवासको मतसमेत समावेश गरिएको अन्तिम परिणाममा सीता वादी, बिनिता कठायत, टासी ल्याङ्जोम, मेनुका शाही र प्रकाश न्यौपाने कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार