एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ: आठ करोडभन्दा बढी रकम अपचलनको आरोप

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ: आठ करोडभन्दा बढी रकम अपचलनको आरोप


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, १३ असार २०८३
  • 1.4K
    Shares

karma chhiring sherpa, कर्मा छिरिङ्ग शेर्पा

पोखरा, १ असार २०८३।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शुक्रबार साँझ शेर्पालाई पक्राउ गरेको हो।

शुक्रबार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएपी) अनुपम शमशेर जबराले  बताए ।

हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले बताए । उनलाई ई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ।

ब्युरोका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न तरिकाबाट व्यक्तिगत लाभ लिँदै विद्यालयलाई आर्थिक क्षति पुर्‍याएको आरोप छ। अनुसन्धानका क्रममा विद्यालयको करिब आठ करोड ७८ लाख ३० हजार रुपैयाँ रकम अपचलन भएको देखिएको प्रहरीले जनाएको छ।

यस्तै, विद्यालयलाई अनुचित हानि पुर्‍याउने उद्देश्यले डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्व रहेको कम्पनीलाई बिक्री गरेको तथ्य पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया