बलिउड नायिका कंगना रनौट १२ अक्टोबर राती जर्जियाको राजधानी अटलान्टा नजीक कार दुर्घटनामा परेकी छिन् । जर्जियाको राजधानी अटलान्टाबाट केही दुरीमा आफ्नो नयाँ चलचित्रको छायांकन गरेर होटल फर्किरहेकी उनि कार दुर्घटनामा परेकी हुन् । निधार र हातमा चोट लागेको छ ।
अत्याधिक चिसोका कारण उनको ड्राइभरको हात स्टेरिङबाट हटेकारण, उनी चढेको कार सडकबाट केही तल खसेको थियो । कार सडकबाट तल खस्दै एक स्टिल फेसिङमा गएर ठोक्किएको थियो । उनको कार एक स्थानिय ड्राइभरले चलाइरहेका थिए । कंगनाका बडिगार्डले स्टेरिङ सम्हाल्ने कोशिश गरेका थिए ।
घटनापछि सबैलाई चलचित्रका निर्माताले अस्पताल पुर्याएका थिए । तर, दुर्घटनापछि पनि नायिका रनौटले कुनै ब्रेक नलिई चलचित्रको छायांकन गरिरहेकी छिन् ।
हिन्दुस्तान टाइम्सका अनुसार, कारमा अन्य केही मानिसहरु पनि यात्रा गरिरहेका थिए । तर, घटनापछि कारमा बसेका सबैजना निकै डराएका थिए । तर, सबैलाई सामान्य चोट लागेको छ ।