अर्घाखांची जिल्लाको धनचौर गाविस ५ की ३४ वर्षिया कल्पना भुसालको हत्या भएको खुलेको छ। असोज १८ गते गाउँको एक किराना पसलबाट घर फर्कंदा हराएकी भनिएकी कल्पना भुसालको हत्या भएको खुलेको हो । उनलाई छिमेकी नेकपा एमाले धनचौरका निवर्तमान अध्यक्ष गणेश भुसालले हत्या गरेको स्वीकारेका छन्।
उनीहरुबीचको अस्वाभाविक सम्बन्धका कारण घटना भएको प्रहरीले जनाएको छ। गणेशले कल्पनालाई हत्या गरि झिमु्रक नदीमा फालेको बयान दिएको आधारमा प्रहरीले नदी किनारबाट शव फेला पारेको हो।
घटनामा गणेशका बुवा खेमराज भुसालको पनि संग्लनता रहेको प्रहरीले जनाएको छ। बाबुछोरा दुबैलाई थुनामा राखेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए।
घटनामा अरुको पनि संलग्नता भए÷नभएको बारे अनुसन्धान भइरहेको जानकारी दिए। घटना पछि गणेशले आफू समेत सहभागि बनि मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकोले खोजी गरिदिन भनि प्रहरी समक्ष निवेदन दिन लगाएका थिए।