३०० तालिबान लडाकूहरुले गरे सरकार समक्ष आत्मसमर्पण

३०० तालिबान लडाकूहरुले गरे सरकार समक्ष आत्मसमर्पण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ मंसिर २०७४
  • 6.5K
    Shares

इस्लामाबाद, मंसिर २४ । पाकिस्तानको दक्षिणपश्चिमी सहर बालोचिस्तानमा झन्डै ३०० तालिबान लडाकूहरुले शनिबार सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रतिबन्धित उक्त समूहका १७ जना कमान्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सो प्रान्तको राजधानी क्वेटामा आयोजित एक समारोहमा ती लडाकूहरुले आत्मसमर्पण गरेको बताइएको छ । बालोचिस्तान प्रान्तका मुख्यमन्त्री नवाब सानाउल्लाह खान जेह्रीले प्रान्तभरि कानुनी शासनको अवस्थामा सुधारहुदै गएको बताएका छन् ।

यसअघि गत अगष्ट २२ मा पनि प्रतिबन्धित बालोच लिबरेसन आर्मीले सरकारी सुरक्षा निकायसामु आत्मसमर्पण गरेको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया