सरकारी गाडी राति सेकुवा सेन्टरमा भेटिएपछी विप्लब माओबादीको नियन्त्रणमा

सरकारी गाडी राति सेकुवा सेन्टरमा भेटिएपछी विप्लब माओबादीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ साउन २०७३
  • 349.9K
    Shares

भौतिक योजना तथा निर्माण मन्त्रालयको सरकारी गाडी पोखरामा दुरुपयोग भएको पाईएपछि विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बुधबार राती नियन्त्रणमा लिएर  प्रहरीलाई बुझाएका छन् । बुधबार राती करिब ८ बजे पोखराको नागढुङ्गास्थित बाजेको सेकुवा परिसरमा बा १ झ ४८ ६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी भेटिएको थियो ।

रातको समयमा रेष्टुरेण्टको परिसरमा सरकारी गाडी भेटिएपछि विप्लव माओवादीका कार्यकर्ताले स्थानीय बासिन्दाको सहयोगमा गाडी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा बुझाएका हुन् ।
‘मन्त्रालयको सरकारी गाडी लिएर व्यक्तिगत कामका लागि लिएर पोखराको होटलमा आएको थाहा पायौं ।’ नेकपा माओवादी पश्चिम कमाण्ड सेक्रेटरी परिवर्तनले भने– ‘गाडी लिएर आउने व्यक्तिले आफू सरकारी कर्मचारी पनि नभएको र साथीसँग मागेर गाडी लिएर आएको बताएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौं ।’
गाडी चालकले ती व्यक्ति सरकारी कर्मचारी नै भएको बताएपनि आफ्नो पोल खुल्ने डरले ती व्यक्तिले परिचय दिन नमानेको परिवर्तनले बताए ।

प्रतिक्रिया