कोशी ब्यारेज भत्काएर भारत सखाव पार्ने आइएसको चेताबनी 

कोशी ब्यारेज भत्काएर भारत सखाव पार्ने आइएसको चेताबनी 


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ साउन २०७३
  • 10.5K
    Shares

अन्र्तराष्ट्रिय आतंकवादी संगठन(आइएस)ले सप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ । आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीहरुले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी व्यारेजको भरपर्दो सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेको छ ।

भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरुलार्य आइएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यबस्था मिलाउन आग्रह गरेका छन् ।

यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक वसेर कोशी व्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यबस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी व्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया