पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामि आर्थिक बर्ष २०७४\७५ का लागि २८ करोड ६५ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकालाई सरकारबाट ससर्त अनुदान स्वरुप १४ करोड ६ लाख ४२ हजार र निसर्त अनुदान स्वरुप १३ करोड ८८ लाख ५८ हजार प्राप्त हुने यसैगरि आन्तरिक आय तर्फ ५५ लाख र राजस्व बाडफाँडबाट १५ लाख आम्दानी हूने जानकारी दिए ।
गाउँपालिकाले सबै वडामा पुग्नेगरि रिङ्ग रोडको अवधारणा अघि सारेको छ । गाउँपालिका भित्र शुद्ध खानेपानी व्यवस्थापन गर्न एक घर एक धाराको अवधारणा आगाडि बढाउने, कृषी भूमिमा सिंचाइ योजना लागू गर्ने लगायतका योजनाहरु प्रस्तुत गरे ।
गाउँपालिका अध्यक्ष यूवराज कुंवरले उक्त बजेट शुक्रबार सार्वजनिक गरेका हुन् ।