सिलिगुडी घुम्न गएका मामा-भान्जाको भारतमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिलिगुडी घुम्न गएका मामा-भान्जाको भारतमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ भाद्र २०८३
  • 874
    Shares

पोखरा , १५ भदौ २०८३।

भारतको सिलिगुडी घुम्न गएका मामा-भान्जाको भारतमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

सिलिगुडी घुम्न गएका मामा-भान्जा सवार मोटरसाइकललाई सोमबार बिहान सीलिगुडी जाने क्रममा बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले ठक्कर दिंदा उनीहरुको मृत्यु भएको हो।

उक्त दुर्घटनामा झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कारको ठक्करबाट विजयको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको पनि मृत्यु भएको बताइएको छ।

प्राप्त विवरणअनुसार विजयले यही भदौ ११ गते जन्मदिन मनाएका थिए। फुर्सदको समय सदुपयोग गर्दै उनी मामा अशोकसँगै सोमबार बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडी घुम्न निस्किएका बताइएको छ। ।

दुर्घटनापछि कार चालक फरार भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ। पक्राउ परेका चालकलाई सोमबार अदालतमा पेस गरिएको जनाइएको छ।

एकै परिवारका मामा–भान्जाको भारतमा भएको दुर्घटनामा मृत्यु भएपछि भद्रपुर–५ सुन्दरबस्ती शोकमा डुबेको छ। परिवार तथा आफन्तजनमा शोक छाएको छ।

प्रतिक्रिया