आश तमु,पोखरा/ पोखरामा एक युबतीले आफ्नै घरको बलोमा नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेको छ। कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका-२९ तल्लो पट्नेरी बस्ने अन्दाजी वर्ष २२ कि थममाया बि.क. आफनै घरको बलोमा नाईलनको डोरिको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको हो।
साझ ६ बजेको समयमा उहाको श्रीमानले इलाका प्रहरी कार्यालय शिशुवालाई जानकारी गराए पछी घटना बाहिर आएको हो। घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।