डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफै डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरीको अन्तिम संस्कार

डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफै डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरीको अन्तिम संस्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असार २०७४
  • 11.8K
    Shares

पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको बुधबार अन्तिम संस्कार गरिने भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो ।

उनको मङ्गलबार नै शवपरीक्षणसहित जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिएको छ । बुधबार प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजन आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिए ।

२५ वर्षीय कुँवरको मृत्युले उनको परिवारका साथै सिङ्गो ठुलीपोखरी गाउँ शोकमग्न बनेको छ । रासस

प्रतिक्रिया