पोखरा/ विप्लव निकट अखिल(क्रान्तिकारी)कास्कीले राज्यले लक्षित वर्गलाई वितरण गर्ने छात्रवृतिको वैज्ञानिकरण र कार्यान्वयन छात्रवृति नदिने विधालयलाई कारवाही, भर्ना शुल्क र मासिक शुल्कलाई मापदण्ड बनाई नियमन, प्रयोगशाला पुस्ताकलय,शिक्षण सिकाई विधिको नियमित अनुगमन गरी प्रभावकारी र व्यवस्थित गर्न र माध्यमिक तह सम्मको निशुल्क शिक्षालाई पुर्णत कार्यान्वयनको ४ बुदे माग राख्दै जिल्ला शिक्षा कार्यालय कास्की प्रमुखलाई ज्ञापन पत्र बुजाएका छन।
अखिल(क्रान्तिकारी)कास्कीका अध्यक्ष मिलन राईको नेत्रेत्वमा पुगेका जिल्ला सङगठनले जिशिअलाई ज्ञापन पत्र बुजाएका हुन। निजि क्षेत्रले शिक्षालाई व्यापारको साधन बनाईराखेको र सरकारी सामुदायिक बिधालयको हालत झन झनै नाजुक भै रहेको अवस्थामा माध्यमिक तहको शिक्षा निशुल्क भने पनी विभिन्न वहानामा सरकारी सामुदायिक विधालयले शुल्क असुल गरेको भन्दै अध्यक्ष राईले सचेत गराउन ज्ञापन पत्र पेश गरेको वताए।
छात्रवृतिमा अनियमितता र मनोमानी प्रति राज्य बेखबर रहेको राईले वताए।