पर्स्याङमा राती आएको पहिरोमा परि १४ बर्षिय वालकले ज्यान गुमाए

पर्स्याङमा राती आएको पहिरोमा परि १४ बर्षिय वालकले ज्यान गुमाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 23.6K
    Shares

आश तमु पोखरा,  /वर्षाका कारण पहिरो आउदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पर्स्याङमा राती आएको पहिरोमा परि १४ बर्षिय टंक क्षेत्रीले ज्यान गुमाएको छ।

घरको पछिडीबाट आएको डिस्कोले पुरीएका १४ बर्षिय टंक क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।पहिरोमा पुरिएका क्षेत्रीको शब प्रहरीले निकालेको हो ।

मृतक शनिबार मात्रै मामलीको घरमा बस्न आफ्नो घर स्याङ्जाबाट पोखरा आएका थिए । पहिरोले घर पुरेपछि उनीसँगै सुतेकी हजुरआमा भागेकाले बच्न सकेको प्रहरीले जनाएको छ । मृतक टंक क्षेत्री पोखरा धर्मस्थली माविमा कक्षा ८ मा पढ्थे ।

ब्लकले बनेको दुई तले कच्चीघर विहान ३ बजेर ५० मिनेट जादा पहिरोमा पुरिएको थियो । घरमा रहेका अन्य मानिस भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रतिक्रिया