आफ्नै श्रीमतीले बेल्चा प्रहार गरी श्रीमान्‌को हत्या

आफ्नै श्रीमतीले बेल्चा प्रहार गरी श्रीमान्‌को हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असार २०७४
  • 14.4K
    Shares

मालिका गाउँपालिका ५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमानको हत्या गरेको अभियोग लगाइएको छ ।

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा(साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकामा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इप्रका, दरबाङ प्रहरीले जनाएको छ ।

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ । रासस 

प्रतिक्रिया