गुल्मीमा चट्याङ्ग लागेर ३ जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर ५ साविकको छापाहिले गाविसका २७ वर्षिय प्रदिप थापा, धुर्कोट गाउँपालिका ६ धुर्कोटरजस्थलका ११ वर्षिय कमल थापा र मदाने गाउँपालिका–३ , सिर्सेनीका २९ वर्षिय तुल्सीराम अर्याल छन् ।
अर्यालयलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । डाक्टरले गएराती उनलाई मृतक घोषण गरेको हो।
उनिसँगै सोही गाउँका ३४ वर्षिय झविन्द्र पौड्याल, २४ वर्षिय पदम भट्टराई र ४४ वर्षीय राजु घर्ति गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसी महेन्द्र नेपालले जानकारी दिए ।