रोशनी गुरुङ / स्याङ्जाको राङभाङ २ स्थाई घर भई हाल अल्डरसट यु.के.निवासी युवा समाजसेवी निता गुरुङले स्याङ्जाको फेदीखोलामा रहेको अमर सेवा नेपाल नामक बालगृहलाई नगद २० हजार १ सय १ रुपैय सहयोग गर्नुभएको छ ।
आश्रममा रहेका ११ जना बालबालिकाहरुको लागि उहाले विगत वर्षहरुदेखि नै वाषिर्क रुपमा सो खालको सहयोग गर्दै आउनु भएको हो। यु.के.को अल्डरसटमा नमुना हेयर एण्ड ब्युटी सैलुन सञ्चालन गर्दै आउनु भएकी गुरुङले यु.के.मा वाषिर्क रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमबाट बचेको रकमले घर विदामा आउदा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । बालगृहकी सञ्चालक कमला पराजुलीले सहयोग रकम ग्रहण गर्दै विगत वर्षदेखि नै गुरुङले बालगृहप्रति पुर्याउदै आउनुभएको सहयोगको उच्च मुल्यांकन गर्दै आभार व्यक्त गर्नुभयो ।
समाजसेवी गुरुङले अहिलेको कतिपय युवाहरु समाज सेवाको नाममा रकम जम्मा गरेर मनरोञ्जन गर्दै हिड्ने प्रवृत्ति बढेको भन्दै स्वच्छ भावनाबाट संकलन गरिएको रकमको दुरुपयोग नर्गनका निम्ती पनि आफुले यसप्रकारको सहयोग गरेको बताउनुभयो । साथै गुरुङले आगमी दिनमा पनि आफु सामाजिक कार्यमै निरन्तर लागि रहने भन्दै सहयोगको कार्यक्रमलाई भावी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ । साथै आफनो वाषिर्क कार्यक्रममा आर्थिक सहयोग गरेर सहयोग गर्नुहुने सहयोगीप्रति पनि उहााले आभार व्यक्त गर्नुभयो ।