पर्यटक गाडीको ठक्करबाट पोखरा घर विदामा आएका भारतीय सैनिकको मृत्यु

पर्यटक गाडीको ठक्करबाट पोखरा घर विदामा आएका भारतीय सैनिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असार २०७४
  • 9.5K
    Shares

पोखरा /  पर्यटक गाडीको ठक्करबाट घर विदामा आएका एक जना भारतीय सैनिक निर्मल थापाको पोखरामा मृत्यु भएको छ । विहान पौने १२ बजे पोखराबाट काठमाडौं जादै गरेको ग १ य ५५१ नम्बरको पर्यटक गाडीले विपरित दिशाबाटै आउदै गरेको ग ९ प ११७ नम्बरको मोटरसाईकललाई पोखरा लेखनाथ १० नागिनीटोलमा ठक्कर दिदा  निर्मल थापाको ज्यान गएको हो।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार स्याङजाको मल्याङकोट २ घर भएका २६ बर्षीय निर्मल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते उनको उपचारका क्रममा सवा १२ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

भारतीय सेनामा कार्यरत थापा ४० दिनको विदा लिएर नेपाल आएका थिए । गाडी चालक पोखरा लेखनाथ ११ का संजिब सुनार प्रहरी नियन्त्रणमा छन् । शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छ ।

प्रतिक्रिया