धनुषामा प्रधानाध्यापक माथि गोली प्रहार

धनुषामा प्रधानाध्यापक माथि गोली प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असार २०७४
  • 7.5K
    Shares

धनुषा / धनुषाको सिनरजोरास्थित विलख सर्वोदय मा. वि.का प्रधानाध्यापक नरेन्द्र शर्मा माथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट शर्मा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । आइतबार बिहान आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएका हुन् । आक्रमणकारी नम्बर नखुलेको होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ ।

प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उहाँ बेहोस हुनुभएको छ । दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया