पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश ढकालको उपचारार्थ सहयोग अभियान सुरु भएको छ । श्वासप्रश्वासमा समस्या आए पछि ढकाल विगत नौ दिन देखी पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । उनको थप उपचारको लागि काठमाण्डौंको नर्विक हस्पिटल लैजानु पर्ने भएकोले महासंघले उनको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने उद्धेश्यले सहयोग अभियान सुरु गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक हजार रुपैया दियर उक्त अभियान सुरु गरेको सहसचिव दीननाथ बरालले बताए । हालसम्म उक्त अभियानबाट २० हजार भन्दा बढी नगद जम्मा भएको र धेरै पत्रकारहरुबाट सहयोग गर्ने वचन दिएको बरालले जनाए ।
त्यसै गरी सामाजिक संजाल फेसवुक मार्फत अन्य पत्रकारहरुबाट समेत ढकालको उपचार सहयोग अभियानमा सहयोग गर्नेहरुको घोषणा हुने क्रम जारी रहेको छ । ढकालको उपचारमा सहयोग पुगोस भन्दै महासंघले यस १० हजार संस्थागत रुपमा सहयोग गरेको छ । त्यसै गरी खेलकुद पत्रकार मञ्च कास्कीले ७ हजार, प्रेस युनियन कास्कीले ५ हजार, आदर्श समाज राष्ट्रिय दैनिकले १० हजार सहयोग गरेका छन । उक्त अस्पताल प्रशासनले समेत ढकालको उपचारमा सहयोग गर्ने भएको छ ।
पत्रकार ढकाल महासंघ कास्कीको कार्य समिति सदस्य तथा आर्दश समाज राष्ट्रिय दैनिकमा आवद्ध छन । गोर्खा स्थाई घर भएका ढकाल विगत ८ बर्ष देखि पत्रकारिता गर्दै आएका छन ।