अबैध यौन क्रियाकलापमा संलग्न होटलबाट ३ भारतीय सहित ८ जना नियन्त्रणमा

अबैध यौन क्रियाकलापमा संलग्न होटलबाट ३ भारतीय सहित ८ जना नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०७४
  • 9.1K
    Shares

काठमाडौं, जेठ २६– अबैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले झापाका दुई होटलबाट ३ भारतीयसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार रातीको समयमा होटल चेकजाँचका क्रममा झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको सिपी होटल र शनिअर्जुन नगरपालिका–११ मा रहेको मनिला होटल एण्ड लजबाट अवैध गतिवीधिमा संलग्नहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चार महिला तथा चार पुरुष रहेका छन् । उनिहरुबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया