५० टन आपतकालिन राहत सामग्रीसहित चार जना चिनियाँ सुरुङविज्ञ नेपाल आइपुगे

५० टन आपतकालिन राहत सामग्रीसहित चार जना चिनियाँ सुरुङविज्ञ नेपाल आइपुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०८३
  • 684
    Shares

पोखरा , १४ भदौ २०८३।

५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना चिनियाँ सुरुङविज्ञ नेपाल आइपुगेका छन्।

चीनको पीएलए वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत आइतबार बिहान करिब ७ बजे राहत सामग्रीसहित चार जना चिनियाँ सुरुङविज्ञ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्ल्या।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य धर्म केसी पनि उपस्थित थिए।

दूतावासका अनुसार चीनबाट त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटलगायत १३ हजार दुईसय थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।

राहत सामग्रीसँगै उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञ समेत नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा आवश्यक प्राविधिक सहयोग गर्ने जनाइएको छ।

प्रतिक्रिया